दफा ६१
हुलाक टिकट लागेको लिखतको कुरा मेटेमा वा लिखतमा लागेको हुलाक टिकट झिकेमा सजाय
: कुनै व्यक्तिले जालसाजी गरी वा नेपाल सरकारको हानि नोक्सानी गराउने वदनियतले कुनै लिखतको प्रयोजनको निमित्त सो लिखतमा टाँसेको हुलाक टिकट अर्कै लिखतमा प्रयोग गर्न हुने गर्न लिखतको कुरा मेटेमा वा हुलाक टिकट नै झिकेमा निजलाई बढीमा तीन वर्षसम्म कैदै वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।